Thursday, May 20, 2010

मेरो शब्द - मेरो कबिता

कौडी नाछाडने सम्पतिको अंध भक्त बनी, पुरखाको आदर्श भूली सकेको
बिवश नारिलाई बिवाश्तामा अर्धनग्न्ना परी, कतै नारी अस्तितो बिर्सिसकेको
दुर्गन्ध, अस्व्छ र धुवा धुलो मात्र, तर पनि महान छ मेरो काठमांडू

एक छिमेकीले अर्को छिमेकी नाचिन्ने, कतै मानवता हराइ सकेको
छेउमा लडेर चीत्कार छोड़ी रोएको न सुनने, कतै करुना गुमैसकेको
कोलहल, बिय्स्त र जल झेल मात्र, तर पनि महान छ मेरो काठमांडू

राजादेखि रैत्ती सम्मलाई पौठाजोरी खेलने, कतै राष्टियता बिलाईसकेको
कृतिम आदर्शको ठूला ठूला महल ठाडाएरा, कतै सव्यता पिल्सैसकेको
रुष्ट, कष्ट र कृतिम मात्र, तर पनि महान छ मेरो काठमांडू

मठ मन्दिर प्रेम प्रेमिकाको लुकामारी खेलने बनेर, कतै मर्यादा खियाइसकेको
धार्मिक आस्ता पुंजका नदीमा मल डल समिश्रण गारी, कतै धार्मिक मह्त्व सेलैसकेको
नास्तिक, अधर्मी र अस्वच्छ मात्र, तर पनि महान छ मेरो काठमांडू

कयऔलाइ लुटी सड़कको पेटीमा पुर्याउने, कतै स्वयमबोध चिपलाई सकेको
अझै हाथमा पासो बोकी नया सिकारको खोजीमा, कतै पुरुसोततो चिपलाई सकेको
अशांति, रैप र आतताई मात्र, तर पनि महान छ मेरो काठमांडू
Share/Bookmark

1 comments:

mani+babita said...

manilama2011

Post a Comment