Monday, May 17, 2010

मेरो शब्द – मेरो गीत

आज रात छटपटीले निन्द्रै परेन,
अल्झी रह्यो तिम्रो तस्वीर हटदै हटेना


निदाउ भन्छु आखा चिम्ली, रूप तिम्रै आउछ
बिर्स्यो भनी कोल्टे फेर्छु, बतास बनी छाउछ
सपनीमा तिम्रै स्वर, तिम्रो भूतै झरेना
आल्झी रह्यो तिम्रो तस्वीर हट्दै हटेना


आधा रात बिती सक्यो, नले छोडया छैना
बिपना पो हो की भन्छु, आको तिमी हैंना
सम्झी रहन्छु तिम्रै रूप, तिम्रो धितई मरेना
आल्झी रहयो तिम्रो तस्वीर हट्दै हटेना


आधुनिक गीति संग्रह : "आँसु र मुस्कान" बाट

Share/Bookmark

0 comments:

Post a Comment