Thursday, June 24, 2010

मेरो शब्द - मेरो गीत

सिरानीमा देशको फोटो राखेको छु मैले
सपनीमा पनि तस्विर आइरहोस जहिले
हरेक रात देश देख्दै आखा बिराम गर्छन
उठ्दा फेरी आखा अघि चन्द्र सुर्य पर्छन

देशको माया कति लाग्छ जन्म ठाउँ झन्
आखा अघि नाचीरहने आफ्नै रन वन
त्येसैले त देशका लागि यहाँ कति मर्छन
उठ्दा फेरी आखा अघि ...............

निदारमा लगाऊ टिका देशको माटो चंदन्नै हो
सस्कृति हो देशको गौरव भेषभुषा पहिचान हो
हामीले गरे सन्ततिले त्यसकै सिको गर्छन
उठ्दा फेरी आखा अघि ................
Share/Bookmark

Monday, June 21, 2010

मेरो शब्द - मेरो गीत

न छाडने भो तिम्रो यादले, जतै गए पनि
आखै अघि अल्झीरहने, जति बिर्सेपनि

माया रै छ छाया झैँ, लाग्ने पछी पछी
कागज बरु फाटी जाने, नाजादो रै छ मसि
हजार कोसिस गरे भुल्न, सपना त्यो भनि
आखै अघि अल्झीरहने.........

कस्तो रै छ सम्बन्ध यो, उतै उतै तान्ने
हजार कोष टाढालाइ, आखै अघि ठान्ने
अजम्बरी रै छ माया, तनै मरे पनि
आखै अघि अल्झीरहने.........
Share/Bookmark

Thursday, June 10, 2010

मेरो शब्द - मेरो गीत

रेटी देउ कर्द गलामा बरु, नलागे केहि धर
बिछोड नदेउ न सहन सक्ने, चर्याउने जीवनभर

ओठमा मुस्कान कृतिम हासो, भित्र मुटुमा के छ छ ?
बाहिरको खोक्रो हसाइ देख्ने, अन्तरज्वाला देख्ने को छ?
न जुधुन कहिले भविष्य गाल्न, अधरमा अधर
बिछोड नदेउ न सहन सक्ने........

जलाई देउ जीवन खरानी बनाई, न पोल्ला न बिझौला
आधाबाटोमा छुटेको प्रेमी, के सम्झी रिझौला
पीडाको छानो आशुको पेटी, न बनोस प्रितिघर
बिछोड नदेउ न सहन सक्ने..........
Share/Bookmark

मेरो शब्द - मेरो गीत

मनमा तिम्रो के छ कुरा, थाहा पाऊ म कसो गरि
सकु नाप्न मनका कुरा, इश्वर येस्तो बनाऔ कसी

कोहि एक नजरका प्रेमी, कोहि हुन्छन धेरै नजरका प्रेमी
कोहि एक विचारशील भै, कोहि गर्छन बनि अन्धोप्रेमी
किन हुन्छ कथा प्रेमको, फुल झैँ थरि थरि
सकु नाप्न मनका कुरा...........

प्रेममा कति छन् बलि चड्ने, हासी हासी कस्ट नमानी
कति प्रेमी, प्रेम दिनरात फेर्ने, प्रेम सस्तो शृंगार ठानी
भगिरथ प्रेमलाई यहाँ, लत्याउने छन् हासी हासी
सकु नाप्न मनका कुरा............
Share/Bookmark

मेरो शब्द - मेरो गीत

जीवन देखि भागीरहे, एक्लै एक्लै म किन?
हासोहरुले पनि रुवाऊ छ, पोल्छ मुटु झन् किन?

चुपचाप छु म मौनतामा, सुन्य सोचाईको सुन्यतामा
हराई रहेछु कहिँ कतै, आफु बीच आफन्तमा
पल पल उठेका यी प्रश्नहरुको, उत्तर छैन दिन किन?
हासोहरुले पनि रुवाऊ छ............

यात्रा रहेछ जीवन हाम्रो, कोहि कहाँ भेट्ने कोहि कहाँ छुट्ने
जीवनयात्रा चलिरहने, स्मृति कहिले न मेट्ने
यात्राभरीमा एउटा यात्री, नबिर्सिने हुन्छ किन?
हासोहरुले पनि रुवाऊ छ............
Share/Bookmark

Tuesday, June 8, 2010

फाइनल मा पुगेको नेपाली भिडियोलाई भोट गरौँ

अमेरिकी विदेश मन्त्रालय तथा यसका साझेदारहुरुले अन्तराष्ट्रिय डेमोक्रेसी भिडियो च्यालने्ज प्रतियोगिताको अन्तिम चरण मा प्रवेश गर्ने १८ प्रतियोगी भिडियोहरू केही दिन अघि सार्वजनिक गरेको छ । यो अनलाइन प्रतियोगितामा सहभागिहरुलाई "प्रजातन्त्र भनेको..." वाक्यांश पुरा गर्दै छोटो भिडियो पेश गर्न आह्वान गरिएको थियो । यी १८ मध्ये सार्वजनिक मतदानबाट ६ भिडियोलाई विजेता को रुप मा छनौट गरिनेछ । विभिन्न ८३ देशका ७०० प्रतियोगीहरुमध्ये बाट अन्तिम चरण मा प्रवेश गर्ने १८ भिडियोहरु छानिएका हुन् । जसमध्ये नेपाल बाट अनुप पौडेल ले बनाएको *"Democracy is Black"* भन्ने शीर्षक को भिडियो अन्तिम १८ मा दक्षिण एसिया बाट मा छानिएको छ । अब जित्न को लागि यो नेपाली भिडियो *"Democracy is Black"* लाई दर्शकहरु को भोट को आवश्यकता रहेको छ ।

*भोट कसरी गर्ने ?
* युट्युब मा :
*http://www.youtube.com/democracychallenge* त्यसपछि *Sequence 01_mpeg2video.m *भन्ने भिडयो सर्चबार मा सर्च गर्नुहोस् !
त्यसपछि त्यहाँ भिडियो सँगै देखिने *लाइक बटन* क्लिक गर्नुहोस् ।

तपाई को भोट अमुल्य हुनेछ, प्रतियोगिता जित्न को लागि । भोटिङ जुन १५ तारिख अर्थात असार १ गते सम्म गर्न सकिने छ । आज को मिति ले करिब १ हप्ता बाँकि रहेको छ । भोट दिनैपिच्छे गर्न सकिने छ । आशा छ यहाँहरु ले आफ्नो अमुल्य मत, “Democracy is Black” लाई दिनुहुनेछ । स्मरणिय रहोस् गतवर्ष सन् २००९ को प्रतियोगिता मा नेपालबाट छिरिङ छोडेन बिजयी भएकी थिइन ।
Share/Bookmark

Friday, June 4, 2010

मेरो शब्द – मेरो गीत

सम्झनाको मेरो आगनमा, नाच्ने तिमि को हे भन्?
जति फर्काऊ भन्छु त्यति, तानिदै छ पागल मन

सधै आउछौ सम्झनामा, राखु त्येस्तो ठाउँ छैन
भुलु भन्छु सधै भरलाई, भुल्न सक्या हैन
भुल्न तिमीलाई देवी भाके, राखे धेरै रत्न सुन
जति फर्काऊ भन्छु त्यति.......

धेरै भयो अब नआउ, सहनशक्ति हराई सके
आखा चिम्ल्यो तिम्रै रुप, हेर्ने आखा थाकी सके
कस्तो फकिर बनिदियो, कल्पी बस्छु तिम्रै रुप
जति फर्काऊ भन्छु त्यति...........
Share/Bookmark

मेरो शब्द – मेरो गीत

तरंग मनका छालहरुमा, तिम्रै तस्विर सजिएको छ
आखाबाट झर्ने हरेक आशुहरुमा, तिम्रै नाम कोरिएको छ

हिजो साथ हुदा थाहै थिएँ, हाम्रो सम्बन्ध के छ भनेर
छुटीयो जब धड्कन छ किन?, मुटुको ढुक ढुक एकै बनेर
मुटुको हरेक धड्कै हरुमा, तिम्रै शब्द लिपिएको छ
आखाबाट झर्ने हरेक आशुहरुमा......

पिरती कस्तो थाहै नदि बस्ने, घ्रिडाहरुको बस्तिमा अट्ने
बसेको माया सकिन्न रै छ, भुलाओ जति माया नहट्ने
मायाको आफ्नै परिवेशभित्र, तिम्रै आभास बेरिएको छ
आखाबाट झर्ने हरेक आशुहरुमा.......
Share/Bookmark

मेरो शब्द – मेरो गीत

मेरो मनको फूलबारीमा, भमराको बास छैन
ढल्क्यो जीवन पल पलसरि, बाच्ने कुनै आश छैन

सुन्दर बनि फुल्न खोजे, शिशिरको जाडोमा
थाहै नपाई फक्रिए छु, बिरानो यो संसारमा
के आशमा बाचोउ जीवन, पुग्ने कुनै लाश्य छैन
ढल्क्यो जीवन पल पलसरि.........

भमराको आगमनमा, रमत्यो मन सधैभरि
रित्याइ दियो रस मनको, खोक्रो भए जीवनभरी
छायो अँधेरी वारीपरि, देख्ने कुनै बस्तु छैन
ढल्क्यो जीवन पल पलसरि........
Share/Bookmark

Wednesday, June 2, 2010

"आशु र मुस्कान" आधुनिक गीत संग्रह


वालापनमा मान्छे सबै थोक बन्दोंरहे छ, यही वालापानको सोख भनु अथवा साहित्य प्रतिको अप्रत्क्क्ष झुकावले मलाई मनभित्र तरंगीएका भावहरुलाइ लिपिबद्द गरी संगालने रौस चल्यो, कहिले खेतीपातीको कम गर्दा होस त कहिले वनजंगलमा घासपत गर्दा होस, ती वरिपरीका प्रकृतिसंग म धेरै नजिक हुन पुगे, यिनै मेरा साथी बने , दैनिक जीवनका क्रियाकलाप संगै वरिपरीका प्रकृतिसंगको संवादलाइ लिपिबद्द गर्दै जाने क्रममा एउटा संग्रह बन्न पुगेछ अनि आफ्नै गाऊकी एउटी दौतरी संगको माया प्रीतिमा पिरोलिदा ती पीर र भावहरु पनि यसै माझ मिसाउदा तयार भए छ "आशु र मुस्कान"

प्रियसीको वियोगमा डुबेर कही आशु झारना पुगिएछ, त कही प्रकृतिका मनहर छटासंग अट्टा हस हासो संगै मुस्कुराउन पुगिएछ/ त्येही मैले यथाथ जीवनमा भोगेका भोगाइ हो यो "आशु र मुस्कान" / यस् पुस्तक भित्रका हरेक सब्दहरुमा तपाईले मेरो जीवनमा भोगेका यथार्थ आशु र मुस्कान पाउनु हुने छ, अनुभाव गर्नुहुने छ ।

गीतका शब्दहरु ति जीवन भोगाइका क्रममा तायार भयो। अब यसलाई प्रकाशन गर्ने चुनौती भने मेरो लागी जो निम्न परिवारमा जन्म्यो र अध्यनरत थियो, दिवा सपना भयो। त्यों मेरो दिवा सपनालाइ बरिष्ठ साहित्यकार पुष्पालता आचार्यजीले पूर्ण गारीदिनु भयो मेरो गीतहरुलाइ "आशु र मुस्कान" नामक आधुनिक गीति संग्रहको रुपमा प्रकाशन गरेर उहा प्रति म जीवनभर आभारी रहने छु ।

उहा मात्र हैन, यो सफलतामा मेरा कही साथी संगीनिहरु छन, जसलाई मैले यहाँ नाम छुटाए भने यो मेरो लेखकीय अपूर्ण हुने छ। ति साथीहरु हुन् तपन बाराइली र उत्तम खडका जसले मलाई सधै साहित्य सृजनामा अभीप्रेरित गरिरहे । अनि मेरो बुबाआमा जसले म सधै ठुलो मान्छे बनेको हेर्ने सपना राखे, चेतनशील युवा परिवारका साथीहरु जो मेरो रक्तसंचार बनीरहे। अनि उनी जसको कारनले यो पुस्तक हजूर हरुको हाथमा छ।
Share/Bookmark

Tuesday, June 1, 2010

मेरो शब्द – मेरो गीत

आखा जुधेर के भयो , मनको भावना लुकेपछी
नाता जोडेर के हुन्छ, मायाको मुहान सुकेपछि
बसन्त आहेर के भयो, फूल नाफुले पछी
आशु झरेर के हुन्छ, मन नभुले पछी

बिश्वास कसको रह्योरा, आफैले घात गरेपछी
साथ कसको चाहेयो र, एक्लै बच्नु परेपछि
शिर ठडएरा के गर्नु, हेर्ने नजरै झुकेपछि
घौउमा मालम के लओउनु, भित्री मन्नै दुखेपछि

सम्झी किना बस्नु छ र, तिमिनै टाडा गए पछी
आफ्नो कस्लाई भानु छ र, तिमिनै बैरी भये पछी
गुनासो तिमीलाई के गर्नु , बिश्वास नै टूटे पछी
काहा पो जोड़ना सकिन्छ र, माटोको भाडो फूटेपछी
Share/Bookmark