Wednesday, September 15, 2010

मेरो शब्द - मेरो गीत

धेरै धेरै शुभ कामना तिम्रो जन्म दिनमा
सधै भरि हासी रहनु फुलीरहनु जीवनभरमा

प्रगतिका पैला सधै बडीरहुन अघि अघि
सफलताका सिडीहरु पर्खी बसुन तिम्रै लागि
चाहना ति सबै मनका पुरा होश केहि पलमा
सधै भरि हासी रहनु फुलीरहनु जीवनभरमा

आशुहरु पराइ बनुन दुख बसाई सरोश
हिनताबोधलाइ पन्छाएर आत्मशक्ति बढोस
स्वविमानी बनाई जीवन बच्नु आफ्नै पौरखमा
सधै भरि हासी रहनु फुलीरहनु जीवनभरमा
..................................................... जन्म दिनको मंगलमय शुभ कामना
Share/Bookmark

Thursday, September 2, 2010

मेरो शब्द - मेरो गीत

सासै फेर्न गार्हो भयो, भयो भारी जीवन
चौघेरामा बच्नु पर्ने, पिंजडा भो जीवन

कुँजिएर शरीरहरु, चटपटाउने ठाउँ छैन
खडा शिर सिधा खुट्टा, फिजाउने ठाउँ छैन
खुम्चिएका मंशपेशी, भयो भारी जीवन
चौघेरामा बच्नु पर्ने.................

आधा पेट मर्नु पर्ने, गनी सास फेर्ने
आखै अघि सबै नाच्ने, आफु भैयो हेर्ने
पशु भन्दा पतित जुनी, भयो भारी जीवन
चौघेरामा बच्नु पर्ने .................
Share/Bookmark