Thursday, May 20, 2010

मेरो शब्द - मेरो कबिता

शान्ति हाम्रो पेटीमा उभी भीख मागीरहेको छ, तर हामीसंग उसलाई दिन कही छैन
सुंदर शान्त अब छत बिछात भैसकेको छ कही एम्बस र दोहोरो भीडान्तमा परी
बिहानीले भलेको डाक र चाराचुरुंगीका चिर्बिर चिर्बिर का ठाउमा
तोप र बन्दूकका कर्ण कटु आवाजहरु सुनाउन थालेका छन
सगरमाथा एकोहोरो हेरीरहेछ वरफसरी आखमा आशु ली
उ संग बोलने हिम्त्त छैन, बोलोश पनी कसरी यहाँ साजिब हरु चुपचाप मौनतामा डुबेका बेला

घरबाट निस्केको छोरा बेलुकी घर फर्कन छ की फर्कन्दिना,
आमालाई दिनभरी खडपड़ी र छड़पड़ी छ
यहाँ तिहार तिहार जस्तो छैन, दशै दशै जस्तो लग्दैना
कहा कसको तिहार रोकिने हो, दशैमा कुन चेली को सिंदूर पुछिने हो

समचार पत्रका हरफहरु अब रगतले कुदिएका बाहेक केहिछैन्ना
समचार पड़ना बसेको बाउ भार्तिमा पसेको छोराको लाश मुख्य पृष्ठमै देख्दा यहाँ कुनै अच्म्बा छैन
पशु हरौदा खालिबली हुने गाउ आज मान्छे लापता हूदा कुनै हलिखाली छैन
देशम कथित परिवर्तनका काला बदल मदरियेका छन
बिजुलिका चमक धमक चरका आवाजले गाउ गाली आक्रांतित छ
मानिस खासी बोका झी छ्याप छ्याप्ती कटीऐका छन , रेतियेका छन
कोही मुस्लिम समुदाऐको हलाल शैलीमा उदोमुन्टो परी रुखमा तंगीएकअ छन

मानवीय सम्बेदाना, भावना एकादेशको कथा बनेको छ
एउटा शाहीशेनामा लागेको छोराको दहा संस्कार नसकिदै
भोली जनशेनामा लागेको छोरा को मलामी खोजना , बाउ गाउ घरका डोका डाक डकैरहेका छन
आहा! हेर देशले कतरों परिवर्तन पाएको छ

ऐ! परिवार्तंका हिमायतीहरु हो यो भन्दा अरु के परिवर्तन चाहंछो ? भयो बंद गर अब !
परिवर्तन कुनै मानबको इति लीला समाप्त गरेर ओउदैना, यसले ट मानब सबयतालाइ नाश गर्छ
यदि परिवर्तन नै चाहेका होउ भने, परिवर्तन गर टी समाजका बिकृत सोचहरुलाइ
उखेलेरा फ्याकी देउ कथित सस्कार र रुदिबदी परम्पराहरुलाइ
नामेंटी गारीदेउ मान्छे मान्छेमा बिभाजन ल्याउने छुवाछुटहरुलाइ

जब सम्म सोच र बिचारमा परिवर्तन ओउदैना , तब सम्म लाखोऊ नर बलि चदाये पनी परिवर्तन संम्भब छइन
तेसैले शुरू गरु फ्याकना बिकृत सोच र बिचारहरुलाइ, शुरू गरु आफै आफै बात
आफै आफै बात शुरू गरे पर्दैना कसैलाई परिवर्तन गर्न !!!! पर्दैना परिवर्तन गर्न
Share/Bookmark

0 comments:

Post a Comment