Sunday, February 19, 2023

सुताइ सम्बन्धि पूर्वीय दृष्टिकोण !!!

सुताइ सम्बन्धि पूर्वीय दृष्टिकोण !!! १. सुनसान र बसोबास नभएको घरमा एक्लै सुत्नु हुँदैन। देव मन्दिर र श्मशानमा पनि सुत्नु हुँदैन। (मनुस्मृति) २. सुतेको व्यक्तिलाई अचानक ब्युझाउनु हुँदैन। (विष्णुस्मृति) ३. विद्यार्थी, सेवक र द्वारपाल यदी लामो समयदेखि सुतेका भए ब्यूँझनुपर्छ । (चाणक्यनिति) ४. जीवन रक्षाको लागि स्वस्थ व्यक्तिले ब्रह्ममुहुर्तमा उठ्नुपर्छ । (देवी भागवत) पूर्णतया अँध्यारो कोठामा सुत्नु हुँदैन । (पद्म पुराण) ५. भिजेको खुट्टाले सुत्नु हुँदैन । सुख्खा खुट्टा सुत्दा लक्ष्मी (धन) प्राप्त हुन्छ। (स्मरण) भाँचिएको खाटमा सुत्न र जुठो मुख सुत्न निषेध गरिएको छ। (महाभारत) ६. एक व्यक्ति "नग्न/निर्वस्त्र" सुत्नु हुँदैन। (गौतम धर्म सूत्र) ७. पूर्व दिशामा शिर राखेर सुत्दा शिक्षा प्राप्त हुन्छ, पश्चिम दिशामा शिर राखेर सुत्दा गम्भीर चिन्ता, उत्तर दिशामा शिर राखेर सुत्दा हानि, मृत्यु र दक्षिण दिशामा शिर राखेर सुत्दा धन र आयु प्राप्त हुन्छ। (आचर्मयुख) ८. दिनमा कहिल्यै सुत्नु हुँदैन। तर जेष्ठ महिनामा दिउँसो १ मुहूर्त (४८ मिनेट) सुत्न सकिन्छ । (दिनको समयमा सुत्दा रोग लाग्दछ र उमेर घट्छ) ९. दिनमा र सूर्योदय र सूर्यास्तमा सुत्ने रोगी झन् गरिब हुन्छ। (ब्रह्मवैवर्त पुराण) १०. सूर्यास्तको एक प्रहर (करिब ३ घण्टा) पछि मात्र सुत्नुपर्छ । ११. बायाँ तर्फ टेकेर सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। १२. दक्षिण दिशामा खुट्टा राखेर कहिल्यै सुत्नु हुँदैन। यम र दुष्ट देवताहरू बस्छन्। हावाले कान भर्छ। मस्तिष्कमा रक्तसञ्चार कम हुने, स्मरणशक्ति घट्ने, मृत्यु हुने र अनगिन्ती रोग लाग्ने गर्छ । १३. मुटुमा हात राखेर, छत वा किरण मुनि र खुट्टामा राखेर नसुत्नुहोस्। १४. ओछ्यानमा बसेर खानु पिउनु अशुभ हुन्छ । १५. सुतिरहेको बेला अध्ययन गर्नु हुँदैन। (यस गर्नाले आँखाको ज्योति घट्छ) १६. निधारमा तिलक लगाएर सुत्नु अशुभ मानिन्छ। त्यसैले सुत्दा तिलक हटाउनुपर्छ । यी १६ नियमहरू पालन गर्ने व्यक्ति सफल, स्वस्थ र दीर्घायु बन्छ! ©
Share/Bookmark

Tuesday, February 21, 2012

क्षितिज भन्दा टाडा .......स्वरूप राज आचार्य !!!


Share/Bookmark

Friday, April 8, 2011

मेरो शब्द – मेरो गीत

ध्वनिहरुमा गुन्जिएकी, मेरो मिठो प्रित हौ तिमि
सब्द सब्दले सिंगारिएकी, मेरो मिठो गीत हौ तिमि

औलाहरुमा लटपटीदै, कलम बनि तिमि बग्छौ
तिम्रै केशको पानी झरी, मसि बनि सब्द कोर्छु
सुन्यतामा झंकर भर्ने, मेरो मिठो मित हौ तिमि
सब्द सब्दले सिंगारिएकी, मेरो मिठो गीत हौ तिमि

मष्तिस्क हो मेरो तर, मन बनि तिमि सोच्छौ
केवल सपना देखने म त, बिपना तिमि रोज्छौ
मष्तिस्कमा ज्ञान भर्ने, मेरो ज्ञानको रित हौ तिमि
सब्द सब्दले सिंगारिएकी, मेरो मिठो गीत हौ तिमि
Share/Bookmark

Monday, January 3, 2011

पोखिए धर्मेन्द्रका मनका भाव | कला र शैली | :: कान्तिपुर ::

पोखिए धर्मेन्द्रका मनका भाव | कला र शैली | :: कान्तिपुर ::
Share/Bookmark

Friday, December 17, 2010

उदगार एल्बमको गीत गाउदै प्रसिद्ध गायक राम कृष्ण ढकाल


Share/Bookmark

Thursday, December 16, 2010

उदगार एल्बम सम्बन्धि नेपालका बिशिष्ठ व्यक्तिहरुको प्रतिक्रिया


Share/Bookmark

Friday, October 8, 2010

मेरो शब्द – मेरो गीत

जाऊ तिमी हासी खुशी भै, तिम्रो खुशीमा म मरो खुशी खोज्छु
न आउँन आशु ति दुइ नयनमा, तिम्रो आशुमा म मरो मृत्यु देख्छु

जीवनपथमा हरेक मोड आउछ, हरेक मोडले नया रंग ल्यिऔछ्
स्वीकार ति हरेक आउने मोडलाई, जीवन त्यसै खुशी बीच छाउछ

न राख्नु मानमा अतितका यादलाइ, अतित भुत हो न फर्की आउछ .
फर्केर पछि नहेर्नु कहिले, त्येसले जीवनलाइ डडेलो लाओउछ .

सम्झौता हो जीवन एउटा, मनलाई समाली स्वीकार्न सिका .
चाहेको सबै कसले पो पाउछ, केहि गुमाउदैमा नमान दिक्क
Share/Bookmark

उदगार एल्बमका गीतहरुको CRBD र PRBT download सुबिधा अब तपाईहरु माझमा


Share/Bookmark

Wednesday, September 15, 2010

मेरो शब्द - मेरो गीत

धेरै धेरै शुभ कामना तिम्रो जन्म दिनमा
सधै भरि हासी रहनु फुलीरहनु जीवनभरमा

प्रगतिका पैला सधै बडीरहुन अघि अघि
सफलताका सिडीहरु पर्खी बसुन तिम्रै लागि
चाहना ति सबै मनका पुरा होश केहि पलमा
सधै भरि हासी रहनु फुलीरहनु जीवनभरमा

आशुहरु पराइ बनुन दुख बसाई सरोश
हिनताबोधलाइ पन्छाएर आत्मशक्ति बढोस
स्वविमानी बनाई जीवन बच्नु आफ्नै पौरखमा
सधै भरि हासी रहनु फुलीरहनु जीवनभरमा
..................................................... जन्म दिनको मंगलमय शुभ कामना
Share/Bookmark

Thursday, September 2, 2010

मेरो शब्द - मेरो गीत

सासै फेर्न गार्हो भयो, भयो भारी जीवन
चौघेरामा बच्नु पर्ने, पिंजडा भो जीवन

कुँजिएर शरीरहरु, चटपटाउने ठाउँ छैन
खडा शिर सिधा खुट्टा, फिजाउने ठाउँ छैन
खुम्चिएका मंशपेशी, भयो भारी जीवन
चौघेरामा बच्नु पर्ने.................

आधा पेट मर्नु पर्ने, गनी सास फेर्ने
आखै अघि सबै नाच्ने, आफु भैयो हेर्ने
पशु भन्दा पतित जुनी, भयो भारी जीवन
चौघेरामा बच्नु पर्ने .................
Share/Bookmark

Friday, August 20, 2010

मेरो शब्द - मेरो गीत

आखैमा राख्दा पनि नबिझाउने ले
रेट्यो कर्द दिलको माझ छोडी जानेले

वनपाखामा आलै होला सुसाएका गीत हाम्ले
मेटिएका छैन् अझै पिपलमा खोपिएका नाम हाम्ले
खोज्दै होलान नदीनाला ति गीत गाउनेले
रेट्यो कर्द दिलको माझ छोडी जानेले

चाडपर्व बजार भर्न संगै जान्थियौ संगै झरथियौ
देउसीभैलो तिहारमा संगै गाउथ्यौ सगै रम्थियौ
खोज्दै होलान यी दुइ जोडी मच्की जाने लिंगे पिंगले
रेट्यो कर्द दिलको माझ छोडी जानेले

भुल थियो संयोग त्यो झुठा खाइए बाचाहरु
बाच्नु पर्यो दुइ किनार भै मार्नै पर्यो बाचाहरु
आखाभरि आशु दिइ हास्दै जानेले
रेट्यो कर्द दिलको माझ छोडी जानेले
Share/Bookmark

Monday, July 26, 2010

मेरो शब्द - मेरो गीत

कस्तो रोग लग्यो मलाई पिरतीको रंगको
भित्र भित्रै खाइरहने धमिरा यो मनको

वर्षा बनि नाच्छौ कहिले आगनीमा झरी
तिम्रै ज्योति घुम्छ सधै जुनकिरिमा परि
जता हेर्यो तिम्रै रुप लग्यो तिम्रै रन्को
भित्र भित्रै खाइरहने धमिरा यो मनको

झ्यौकिरीको गीत भित्र तिम्रै आवाज सुन्छु
बिहानीको हिमालमा तिम्रै मुस्कान देख्छु
आखा चिम्ल्यौ बिर्सनलाइ तिम्रै रुपको फन्को
भित्र भित्रै खाइरहने धमिरा यो मनको
Share/Bookmark