आए याद मिलनका ति, बिर्सी दिनु तिमीले जे गरि
कहिले कहिँ याद आउदा, सम्झनालाइ पर सार्नु
कहिले यादमा भकानो फुट्दा, त्यो हाम्रो मायालाई मार्नु
चन्द्र जस्तै शितल रहनु, सुन्दर यो जीवन भरि
आए याद मिलनका..........
व्यथाहरुमा कहिले नजिउनु, आशु कहिले नपिउनु
खुशीहरुमा बच्नु सधै, संग्रसी बनि जीउनु
बसन्त झैँ हरियाली रहनु, सुन्दर यो जीवन भरि
आए याद मिलनका..........
शब्द : धर्मेन्द्र खडका
स्वर : दीपक लिम्बु
सङ्गीत : देबेन्द्र कुवर
एल्बम : उदगार

0 comments:
Post a Comment