Wednesday, September 15, 2010

मेरो शब्द - मेरो गीत

धेरै धेरै शुभ कामना तिम्रो जन्म दिनमा
सधै भरि हासी रहनु फुलीरहनु जीवनभरमा

प्रगतिका पैला सधै बडीरहुन अघि अघि
सफलताका सिडीहरु पर्खी बसुन तिम्रै लागि
चाहना ति सबै मनका पुरा होश केहि पलमा
सधै भरि हासी रहनु फुलीरहनु जीवनभरमा

आशुहरु पराइ बनुन दुख बसाई सरोश
हिनताबोधलाइ पन्छाएर आत्मशक्ति बढोस
स्वविमानी बनाई जीवन बच्नु आफ्नै पौरखमा
सधै भरि हासी रहनु फुलीरहनु जीवनभरमा
..................................................... जन्म दिनको मंगलमय शुभ कामना
Share/Bookmark

Thursday, September 2, 2010

मेरो शब्द - मेरो गीत

सासै फेर्न गार्हो भयो, भयो भारी जीवन
चौघेरामा बच्नु पर्ने, पिंजडा भो जीवन

कुँजिएर शरीरहरु, चटपटाउने ठाउँ छैन
खडा शिर सिधा खुट्टा, फिजाउने ठाउँ छैन
खुम्चिएका मंशपेशी, भयो भारी जीवन
चौघेरामा बच्नु पर्ने.................

आधा पेट मर्नु पर्ने, गनी सास फेर्ने
आखै अघि सबै नाच्ने, आफु भैयो हेर्ने
पशु भन्दा पतित जुनी, भयो भारी जीवन
चौघेरामा बच्नु पर्ने .................
Share/Bookmark

Friday, August 20, 2010

मेरो शब्द - मेरो गीत

आखैमा राख्दा पनि नबिझाउने ले
रेट्यो कर्द दिलको माझ छोडी जानेले

वनपाखामा आलै होला सुसाएका गीत हाम्ले
मेटिएका छैन् अझै पिपलमा खोपिएका नाम हाम्ले
खोज्दै होलान नदीनाला ति गीत गाउनेले
रेट्यो कर्द दिलको माझ छोडी जानेले

चाडपर्व बजार भर्न संगै जान्थियौ संगै झरथियौ
देउसीभैलो तिहारमा संगै गाउथ्यौ सगै रम्थियौ
खोज्दै होलान यी दुइ जोडी मच्की जाने लिंगे पिंगले
रेट्यो कर्द दिलको माझ छोडी जानेले

भुल थियो संयोग त्यो झुठा खाइए बाचाहरु
बाच्नु पर्यो दुइ किनार भै मार्नै पर्यो बाचाहरु
आखाभरि आशु दिइ हास्दै जानेले
रेट्यो कर्द दिलको माझ छोडी जानेले
Share/Bookmark

Monday, July 26, 2010

मेरो शब्द - मेरो गीत

कस्तो रोग लग्यो मलाई पिरतीको रंगको
भित्र भित्रै खाइरहने धमिरा यो मनको

वर्षा बनि नाच्छौ कहिले आगनीमा झरी
तिम्रै ज्योति घुम्छ सधै जुनकिरिमा परि
जता हेर्यो तिम्रै रुप लग्यो तिम्रै रन्को
भित्र भित्रै खाइरहने धमिरा यो मनको

झ्यौकिरीको गीत भित्र तिम्रै आवाज सुन्छु
बिहानीको हिमालमा तिम्रै मुस्कान देख्छु
आखा चिम्ल्यौ बिर्सनलाइ तिम्रै रुपको फन्को
भित्र भित्रै खाइरहने धमिरा यो मनको
Share/Bookmark

Thursday, June 24, 2010

मेरो शब्द - मेरो गीत

सिरानीमा देशको फोटो राखेको छु मैले
सपनीमा पनि तस्विर आइरहोस जहिले
हरेक रात देश देख्दै आखा बिराम गर्छन
उठ्दा फेरी आखा अघि चन्द्र सुर्य पर्छन

देशको माया कति लाग्छ जन्म ठाउँ झन्
आखा अघि नाचीरहने आफ्नै रन वन
त्येसैले त देशका लागि यहाँ कति मर्छन
उठ्दा फेरी आखा अघि ...............

निदारमा लगाऊ टिका देशको माटो चंदन्नै हो
सस्कृति हो देशको गौरव भेषभुषा पहिचान हो
हामीले गरे सन्ततिले त्यसकै सिको गर्छन
उठ्दा फेरी आखा अघि ................
Share/Bookmark

Monday, June 21, 2010

मेरो शब्द - मेरो गीत

न छाडने भो तिम्रो यादले, जतै गए पनि
आखै अघि अल्झीरहने, जति बिर्सेपनि

माया रै छ छाया झैँ, लाग्ने पछी पछी
कागज बरु फाटी जाने, नाजादो रै छ मसि
हजार कोसिस गरे भुल्न, सपना त्यो भनि
आखै अघि अल्झीरहने.........

कस्तो रै छ सम्बन्ध यो, उतै उतै तान्ने
हजार कोष टाढालाइ, आखै अघि ठान्ने
अजम्बरी रै छ माया, तनै मरे पनि
आखै अघि अल्झीरहने.........
Share/Bookmark

Thursday, June 10, 2010

मेरो शब्द - मेरो गीत

रेटी देउ कर्द गलामा बरु, नलागे केहि धर
बिछोड नदेउ न सहन सक्ने, चर्याउने जीवनभर

ओठमा मुस्कान कृतिम हासो, भित्र मुटुमा के छ छ ?
बाहिरको खोक्रो हसाइ देख्ने, अन्तरज्वाला देख्ने को छ?
न जुधुन कहिले भविष्य गाल्न, अधरमा अधर
बिछोड नदेउ न सहन सक्ने........

जलाई देउ जीवन खरानी बनाई, न पोल्ला न बिझौला
आधाबाटोमा छुटेको प्रेमी, के सम्झी रिझौला
पीडाको छानो आशुको पेटी, न बनोस प्रितिघर
बिछोड नदेउ न सहन सक्ने..........
Share/Bookmark

मेरो शब्द - मेरो गीत

मनमा तिम्रो के छ कुरा, थाहा पाऊ म कसो गरि
सकु नाप्न मनका कुरा, इश्वर येस्तो बनाऔ कसी

कोहि एक नजरका प्रेमी, कोहि हुन्छन धेरै नजरका प्रेमी
कोहि एक विचारशील भै, कोहि गर्छन बनि अन्धोप्रेमी
किन हुन्छ कथा प्रेमको, फुल झैँ थरि थरि
सकु नाप्न मनका कुरा...........

प्रेममा कति छन् बलि चड्ने, हासी हासी कस्ट नमानी
कति प्रेमी, प्रेम दिनरात फेर्ने, प्रेम सस्तो शृंगार ठानी
भगिरथ प्रेमलाई यहाँ, लत्याउने छन् हासी हासी
सकु नाप्न मनका कुरा............
Share/Bookmark

मेरो शब्द - मेरो गीत

जीवन देखि भागीरहे, एक्लै एक्लै म किन?
हासोहरुले पनि रुवाऊ छ, पोल्छ मुटु झन् किन?

चुपचाप छु म मौनतामा, सुन्य सोचाईको सुन्यतामा
हराई रहेछु कहिँ कतै, आफु बीच आफन्तमा
पल पल उठेका यी प्रश्नहरुको, उत्तर छैन दिन किन?
हासोहरुले पनि रुवाऊ छ............

यात्रा रहेछ जीवन हाम्रो, कोहि कहाँ भेट्ने कोहि कहाँ छुट्ने
जीवनयात्रा चलिरहने, स्मृति कहिले न मेट्ने
यात्राभरीमा एउटा यात्री, नबिर्सिने हुन्छ किन?
हासोहरुले पनि रुवाऊ छ............
Share/Bookmark

Tuesday, June 8, 2010

फाइनल मा पुगेको नेपाली भिडियोलाई भोट गरौँ

अमेरिकी विदेश मन्त्रालय तथा यसका साझेदारहुरुले अन्तराष्ट्रिय डेमोक्रेसी भिडियो च्यालने्ज प्रतियोगिताको अन्तिम चरण मा प्रवेश गर्ने १८ प्रतियोगी भिडियोहरू केही दिन अघि सार्वजनिक गरेको छ । यो अनलाइन प्रतियोगितामा सहभागिहरुलाई "प्रजातन्त्र भनेको..." वाक्यांश पुरा गर्दै छोटो भिडियो पेश गर्न आह्वान गरिएको थियो । यी १८ मध्ये सार्वजनिक मतदानबाट ६ भिडियोलाई विजेता को रुप मा छनौट गरिनेछ । विभिन्न ८३ देशका ७०० प्रतियोगीहरुमध्ये बाट अन्तिम चरण मा प्रवेश गर्ने १८ भिडियोहरु छानिएका हुन् । जसमध्ये नेपाल बाट अनुप पौडेल ले बनाएको *"Democracy is Black"* भन्ने शीर्षक को भिडियो अन्तिम १८ मा दक्षिण एसिया बाट मा छानिएको छ । अब जित्न को लागि यो नेपाली भिडियो *"Democracy is Black"* लाई दर्शकहरु को भोट को आवश्यकता रहेको छ ।

*भोट कसरी गर्ने ?
* युट्युब मा :
*http://www.youtube.com/democracychallenge* त्यसपछि *Sequence 01_mpeg2video.m *भन्ने भिडयो सर्चबार मा सर्च गर्नुहोस् !
त्यसपछि त्यहाँ भिडियो सँगै देखिने *लाइक बटन* क्लिक गर्नुहोस् ।

तपाई को भोट अमुल्य हुनेछ, प्रतियोगिता जित्न को लागि । भोटिङ जुन १५ तारिख अर्थात असार १ गते सम्म गर्न सकिने छ । आज को मिति ले करिब १ हप्ता बाँकि रहेको छ । भोट दिनैपिच्छे गर्न सकिने छ । आशा छ यहाँहरु ले आफ्नो अमुल्य मत, “Democracy is Black” लाई दिनुहुनेछ । स्मरणिय रहोस् गतवर्ष सन् २००९ को प्रतियोगिता मा नेपालबाट छिरिङ छोडेन बिजयी भएकी थिइन ।
Share/Bookmark

Friday, June 4, 2010

मेरो शब्द – मेरो गीत

सम्झनाको मेरो आगनमा, नाच्ने तिमि को हे भन्?
जति फर्काऊ भन्छु त्यति, तानिदै छ पागल मन

सधै आउछौ सम्झनामा, राखु त्येस्तो ठाउँ छैन
भुलु भन्छु सधै भरलाई, भुल्न सक्या हैन
भुल्न तिमीलाई देवी भाके, राखे धेरै रत्न सुन
जति फर्काऊ भन्छु त्यति.......

धेरै भयो अब नआउ, सहनशक्ति हराई सके
आखा चिम्ल्यो तिम्रै रुप, हेर्ने आखा थाकी सके
कस्तो फकिर बनिदियो, कल्पी बस्छु तिम्रै रुप
जति फर्काऊ भन्छु त्यति...........
Share/Bookmark

मेरो शब्द – मेरो गीत

तरंग मनका छालहरुमा, तिम्रै तस्विर सजिएको छ
आखाबाट झर्ने हरेक आशुहरुमा, तिम्रै नाम कोरिएको छ

हिजो साथ हुदा थाहै थिएँ, हाम्रो सम्बन्ध के छ भनेर
छुटीयो जब धड्कन छ किन?, मुटुको ढुक ढुक एकै बनेर
मुटुको हरेक धड्कै हरुमा, तिम्रै शब्द लिपिएको छ
आखाबाट झर्ने हरेक आशुहरुमा......

पिरती कस्तो थाहै नदि बस्ने, घ्रिडाहरुको बस्तिमा अट्ने
बसेको माया सकिन्न रै छ, भुलाओ जति माया नहट्ने
मायाको आफ्नै परिवेशभित्र, तिम्रै आभास बेरिएको छ
आखाबाट झर्ने हरेक आशुहरुमा.......
Share/Bookmark