सकु नाप्न मनका कुरा, इश्वर येस्तो बनाऔ कसी
कोहि एक नजरका प्रेमी, कोहि हुन्छन धेरै नजरका प्रेमी
कोहि एक विचारशील भै, कोहि गर्छन बनि अन्धोप्रेमी
किन हुन्छ कथा प्रेमको, फुल झैँ थरि थरि
सकु नाप्न मनका कुरा...........
प्रेममा कति छन् बलि चड्ने, हासी हासी कस्ट नमानी
कति प्रेमी, प्रेम दिनरात फेर्ने, प्रेम सस्तो शृंगार ठानी
भगिरथ प्रेमलाई यहाँ, लत्याउने छन् हासी हासी
सकु नाप्न मनका कुरा............

0 comments:
Post a Comment