Thursday, June 10, 2010

मेरो शब्द - मेरो गीत

जीवन देखि भागीरहे, एक्लै एक्लै म किन?
हासोहरुले पनि रुवाऊ छ, पोल्छ मुटु झन् किन?

चुपचाप छु म मौनतामा, सुन्य सोचाईको सुन्यतामा
हराई रहेछु कहिँ कतै, आफु बीच आफन्तमा
पल पल उठेका यी प्रश्नहरुको, उत्तर छैन दिन किन?
हासोहरुले पनि रुवाऊ छ............

यात्रा रहेछ जीवन हाम्रो, कोहि कहाँ भेट्ने कोहि कहाँ छुट्ने
जीवनयात्रा चलिरहने, स्मृति कहिले न मेट्ने
यात्राभरीमा एउटा यात्री, नबिर्सिने हुन्छ किन?
हासोहरुले पनि रुवाऊ छ............
Share/Bookmark

0 comments:

Post a Comment