चौघेरामा बच्नु पर्ने, पिंजडा भो जीवन
कुँजिएर शरीरहरु, चटपटाउने ठाउँ छैन
खडा शिर सिधा खुट्टा, फिजाउने ठाउँ छैन
खुम्चिएका मंशपेशी, भयो भारी जीवन
चौघेरामा बच्नु पर्ने.................
आधा पेट मर्नु पर्ने, गनी सास फेर्ने
आखै अघि सबै नाच्ने, आफु भैयो हेर्ने
पशु भन्दा पतित जुनी, भयो भारी जीवन
चौघेरामा बच्नु पर्ने .................

0 comments:
Post a Comment