Monday, June 21, 2010

मेरो शब्द - मेरो गीत

न छाडने भो तिम्रो यादले, जतै गए पनि
आखै अघि अल्झीरहने, जति बिर्सेपनि

माया रै छ छाया झैँ, लाग्ने पछी पछी
कागज बरु फाटी जाने, नाजादो रै छ मसि
हजार कोसिस गरे भुल्न, सपना त्यो भनि
आखै अघि अल्झीरहने.........

कस्तो रै छ सम्बन्ध यो, उतै उतै तान्ने
हजार कोष टाढालाइ, आखै अघि ठान्ने
अजम्बरी रै छ माया, तनै मरे पनि
आखै अघि अल्झीरहने.........
Share/Bookmark

0 comments:

Post a Comment