बिछोड नदेउ न सहन सक्ने, चर्याउने जीवनभर
ओठमा मुस्कान कृतिम हासो, भित्र मुटुमा के छ छ ?
बाहिरको खोक्रो हसाइ देख्ने, अन्तरज्वाला देख्ने को छ?
न जुधुन कहिले भविष्य गाल्न, अधरमा अधर
बिछोड नदेउ न सहन सक्ने........
जलाई देउ जीवन खरानी बनाई, न पोल्ला न बिझौला
आधाबाटोमा छुटेको प्रेमी, के सम्झी रिझौला
पीडाको छानो आशुको पेटी, न बनोस प्रितिघर
बिछोड नदेउ न सहन सक्ने..........

0 comments:
Post a Comment