Friday, June 4, 2010

मेरो शब्द – मेरो गीत

तरंग मनका छालहरुमा, तिम्रै तस्विर सजिएको छ
आखाबाट झर्ने हरेक आशुहरुमा, तिम्रै नाम कोरिएको छ

हिजो साथ हुदा थाहै थिएँ, हाम्रो सम्बन्ध के छ भनेर
छुटीयो जब धड्कन छ किन?, मुटुको ढुक ढुक एकै बनेर
मुटुको हरेक धड्कै हरुमा, तिम्रै शब्द लिपिएको छ
आखाबाट झर्ने हरेक आशुहरुमा......

पिरती कस्तो थाहै नदि बस्ने, घ्रिडाहरुको बस्तिमा अट्ने
बसेको माया सकिन्न रै छ, भुलाओ जति माया नहट्ने
मायाको आफ्नै परिवेशभित्र, तिम्रै आभास बेरिएको छ
आखाबाट झर्ने हरेक आशुहरुमा.......
Share/Bookmark

0 comments:

Post a Comment