भित्र भित्रै खाइरहने धमिरा यो मनको
वर्षा बनि नाच्छौ कहिले आगनीमा झरी
तिम्रै ज्योति घुम्छ सधै जुनकिरिमा परि
जता हेर्यो तिम्रै रुप लग्यो तिम्रै रन्को
भित्र भित्रै खाइरहने धमिरा यो मनको
झ्यौकिरीको गीत भित्र तिम्रै आवाज सुन्छु
बिहानीको हिमालमा तिम्रै मुस्कान देख्छु
आखा चिम्ल्यौ बिर्सनलाइ तिम्रै रुपको फन्को
भित्र भित्रै खाइरहने धमिरा यो मनको

0 comments:
Post a Comment