रेट्यो कर्द दिलको माझ छोडी जानेले
वनपाखामा आलै होला सुसाएका गीत हाम्ले
मेटिएका छैन् अझै पिपलमा खोपिएका नाम हाम्ले
खोज्दै होलान नदीनाला ति गीत गाउनेले
रेट्यो कर्द दिलको माझ छोडी जानेले
चाडपर्व बजार भर्न संगै जान्थियौ संगै झरथियौ
देउसीभैलो तिहारमा संगै गाउथ्यौ सगै रम्थियौ
खोज्दै होलान यी दुइ जोडी मच्की जाने लिंगे पिंगले
रेट्यो कर्द दिलको माझ छोडी जानेले
भुल थियो संयोग त्यो झुठा खाइए बाचाहरु
बाच्नु पर्यो दुइ किनार भै मार्नै पर्यो बाचाहरु
आखाभरि आशु दिइ हास्दै जानेले
रेट्यो कर्द दिलको माझ छोडी जानेले

0 comments:
Post a Comment