Friday, June 4, 2010

मेरो शब्द – मेरो गीत

मेरो मनको फूलबारीमा, भमराको बास छैन
ढल्क्यो जीवन पल पलसरि, बाच्ने कुनै आश छैन

सुन्दर बनि फुल्न खोजे, शिशिरको जाडोमा
थाहै नपाई फक्रिए छु, बिरानो यो संसारमा
के आशमा बाचोउ जीवन, पुग्ने कुनै लाश्य छैन
ढल्क्यो जीवन पल पलसरि.........

भमराको आगमनमा, रमत्यो मन सधैभरि
रित्याइ दियो रस मनको, खोक्रो भए जीवनभरी
छायो अँधेरी वारीपरि, देख्ने कुनै बस्तु छैन
ढल्क्यो जीवन पल पलसरि........
Share/Bookmark

0 comments:

Post a Comment