Thursday, May 20, 2010

मेरो शब्द – मेरो गीत

न छोड़ने भो तिम्रो यादले, जत्तै गए पनि
आखै अघि अल्झी रहने, जाती बिर्से पनि

माया रै छ छाया झै, लग्ने पछि पछि
कागज बरु फटी जाने, नजादो रै छ मसी
हजार कोसिस गरे भुल्न, सपना त्यों भनी
आखै अघी अल्झी रहने, जाती बिर्से पनि

कस्तो रै छ सम्बन्ध यो, उतई उतई तन्ने
हजार कोस टाडालाई, आखै अघि ठान्ने
अजम्बरी रै छ माया, तन्नै मरे पनि
आखै अघि अल्झी रहने, जाती बिर्से पनि


आधुनिक गीति संग्रह : "आँसु र मुस्कान" बाट
Share/Bookmark

0 comments:

Post a Comment